
फागुन २१ गतेको निर्वाचनका लागि भोलि हुने मनोनयनका लागि उम्मेदवार छान्न कांग्रेस संसदीय बोर्डको बैठक बसिरहेको छ । सभापति गगन थापासहित पदाधिकारीहरू टिकट वितरणका लागि बैठक बसिरहेका छन् ।
सोमवार राति १० बजेसम्म झन्डै ५० क्षेत्रको टुङ्गो लागेको एक नेताले जानकारी दिए । काठमाडौँ उपत्यका र मधेस प्रदेशका जिल्लाका उम्मेदवारबारे छलफल चलिरहेको छ ।
शेरबहादुर देउवा समूहका नेतालाई समेत समेटेर सहमतिमा टिकट वितरण गर्ने प्रयास चलिरहेको छ । देउवा पक्षीय नेता प्रकाश शरण महतको नुवाकोट १ बाट टिकट पक्का भएको स्रोतले बतायो ।
भोलि बिहानसम्म १६५ क्षेत्रकै उम्मेदवारको टुङ्गो लाग्ने नेताहरूले बताएका छन् । कांग्रेसले सबै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको छ ।
हालसम्म टुंगिएका उम्मेदवारहरु
१ पूर्वी रुकुम कुसुम थापा मगर
२ रोल्पा सुदनकुमार ओली
३ प्युठान डा। गोविन्दराज पोखरेल
४ दाङ १ योगेन्द्र चौधरी
५ दाङ २ किरणकिशोर घिमिरे
६ दाङ ३ दिपक गिरी
७ पाल्पा १ सन्दिप राना
८पाल्पा २ हिमालदत्त श्रेष्ठ
९ हुम्ला जयपति रोकाय
१० मुगु ऐनबहादुर शाही
११ जुम्ला दीपबहादुर शाही
१२ कालीकोट हर्षबहादुर बम
१३ डोल्पा कर्णबहादुर बुढा
१४ सल्यान केषबहादुर विष्ट
१५ दैलेख १ वाषना थापा
१६ दैलेख २ दिक्पाल शाही
१७ सुर्खेत २ नारायण कोइराला
१८ ताप्लेजुङ गजेन्द्र मुम्मेह्याङ
१९ पाचँथर नरेन्द्र केरुङ
२० इलाम १ निश्कल राई
२१ इलाम २ भेषराज आचार्य
२२ धनकुटा दिनेश राई
२३ तेह्रथुम सन्तोष सुब्बा
२४ खोटाङ विरकाजी राई
२५ ओखलढुंगा रामहरि खतिवडा
२६ सोलुखुम्बु प्रकाशसिंह कार्की
२७ उदयपुर १ विदुर बस्नेत
२८ उदयपुर २ रामकुमार राई
२९ भोजपुर बालकृष्ण थापा
३० मोरङ ३ डा। सुनिल शर्मा
३१ दार्चुला धर्मानन्द जोशी
३२ बैतडी चतुरबहादुर चन्द
३३ बाजुरा जनकराज गिरी
३४ बझाङ प्रकाश स्नेही रसाइली
३५ डोटी भरतबहादुर खड्का
३६ अछाम १ भरत स्वार
३७ अछाम २ पुष्पबहादुर शाह
३८ गोरखाा १ प्रकाश खत्री
३९ गोरखा २ प्रकाश दुवाडी
४० तनहुँ १ गोविन्द भट्टराई
४१ तनहुँ २ शंकर भण्डारी
४२ लमजुङ गमप्रसाद गुरुङ
४३ मनाङ टेकप्रसाद गुरुङ
४४ स्याङजा १ भरत ढकाल
४५ स्याङजा २ भागवतप्रकाश मल्ल
४६ बागलुङ १ भिम शिरिष
४७ बागलुङ २ टेकराज पौडेल
४८ म्याग्दी केवी भण्डारी
४९ मुस्ताङ योगेन्द्र गौचन
५० दोलखा अजयवावु सिवाकोटी