१० साउन २०८३, आइतबार

दलबलसहित दलका उम्मेदवार, स्वतन्त्रहरू शान्त !

माघ ६, २०८२
काठमाडौं
दलबलसहित दलका उम्मेदवार, स्वतन्त्रहरू शान्त !

काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै गर्दा मंगलबार दुई दृश्य देखिए ।

एक; दलका उम्मेदवारको दलबल र दुई; स्वतन्त्र उम्मेदवारको शान्तपन ।

काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रका मतदान अधिकृतको कार्यालय पुग्दा दलका उम्मेदवारहरू तामझामसहित देखिन्थे भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरू शान्त ।

काठमाडौं क्षेत्र नम्बर १ मा मनोनयन दर्ताका लागि नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको उत्साहपूर्ण उपस्थिति देखिन्थ्यो । 

क्षेत्र नम्बर १ मा पहिलो मनोनयन दर्ता गराउँदा राप्रपाका वरिष्ठ उपाध्यक्ष  रवीन्द्र मिश्र र उनका समर्थकहरू उत्साहित देखिन्थे । 

null

यस्तै, नेकपा एमालेका उम्मेदवार मोहनराज रेग्मी नाराबाजीसहित मनोनयन दर्ताका लागि पुगेका थिए । उनका समर्थकहरू निकै उत्साहित हुँदै नारा लगाइरहेका थिए । स्वतन्त्र उम्मेदवार कमल कोइराला र उनका समर्थक भने शान्त देखिए । 

काठमाडौं क्षेत्र नम्बर २ मा झन् दलबलसहित मनोनयन दर्ताको दृश्य देखियो । क्षेत्र नम्बर २ मा  राप्रपा नेतृ कुन्तिदेवी पोखरेल दलबलसहित मनोनयन दर्ताका लागि पुगेकी थिइन् । उनका समर्थकहरू नारा लगाउँदै उम्मेदवारी दर्ता गराएर फर्किए । अघिल्लो निर्वाचनमा कुन्तिले यस क्षेत्रमा सम्मानजनक मत प्राप्त गरेकी थिइन् । 

त्यस्तै, नेकपा माओवादीबाट प्रकाश बुढाथोकी र नेकपा एमालेबाट मणिराम फुयाँलले मनोनयन दर्तामा कार्यकर्तादेखि समर्थहरूको ठूलो भिड लिएर पुगेका थिए । 

कांग्रेसका कविर शर्माले पनि बाजागाजासहित मनोनयन दर्ता गर्न पुगे  । त्यस्तै, आम जनता पार्टीबाट तिलक थापा मगर, रास्वपाबाट सुनिल केसी र उज्यालो नेपालबाट पवन पोखरेल उम्मेदवारीका लागि पुग्दा पनि कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिन्थ्यो ।

null

नेकपा संयुक्तबाट उपेन्द्र कार्की, नेपाल मजदुर किसान पार्टीबाट शर्मिला माली, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बालचन्द्र श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट नितेश पौडेल र जय मातृभूमि पार्टीबाट आनन्द सिम्खडाले मनोनयन दर्ता गराएका छन् । 

यता स्वतन्त्र उम्मेदवारी दिएका रूपक सिम्खडा, अर्जुन ढुङ्गाना लगायत भने सीमित समर्थकसहित मनोनयन दर्ता गराउन पुगेका थिए । 

काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङदेखि रास्वपाका राजुनाथ पाण्डेको उम्मेदवारी दर्ता दलबलसहित भयो । जहाँ समर्थकहरूको भिड देखिन्थ्यो । 

काठमाडौं ३ मा राप्रपाका डा. सुन्दर बोहरा, एमालेका रामेश्वर फुयाँल र कांग्रेसका रमेश अर्यालको उम्मेदवारी दर्ता नाराबाजीसहित समर्थकको बाक्लो उपस्थितिमा भयो । 

कोर सहरी क्षेत्रभन्दा बाहिरको माहोल झन् निकै रोचक देखिन्थ्यो ।

null

salt training

कमेन्ट गर्नुहोस्