२१ असार २०८३, आइतबार

कलैया उपमहानगरपालिकाका तत्कालीन वडा अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ ११, २०८२
काठमाडौं
कलैया उपमहानगरपालिकाका तत्कालीन वडा अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन अध्यक्ष मोहम्मद जलालुदिन मंसुरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

साबिक भतौडा गाविस वडा नम्बर २ को कित्ता नम्बर २८८ र २९० को जग्गा खरिद बिक्री गर्दा गलत लिखत तयार गरेको तथा घर/बाटो भएकोमा नभएको भनी थैली रकम कम राखी राजश्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगले तत्कालीन वडाध्यक्ष मन्सुरसहित वडा सचिव र रघुप्रसाद सहनी गोढी, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुर र जग्गा खरिदकर्ता हिरालालप्रसादविरुद्ध मुद्दा दायर गरेको हो ।

वडाध्यक्ष र वडा सचिवविरुद्ध ६ लाख ९४ हजार ६५१ रुपैयाँ,  बिक्रेता मस्नुरविरुद्ध ३ लाख ७७ हजार र खरिदकर्ता प्रसादविरुद्ध ३ लाख १७ हजार ६५१ रुपैयाँ बिगो कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्