
काठमाडौं, १२ पुस– लगातार ओरालो लागिरहेको शेयर बजार बुधवार पनि दोहरो अंकले घटेर १४२५.५१ विन्दुमा पुगेको छ । बुधवार शेयर बजार परिसूचक नेप्से २१.५३ अंकले घट्यो । यस्तै ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.७२ अंकले घटेर ३००.१३ विन्दुमा पुग्यो ।
बुधवार १ सय ५६ कम्पनीको १३ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको शेयर बजारमा ७६ करोड ५७ लाख ६९ हजार रुपैयाँ बढीको कारोबार भयो । बुधवार उत्पादन तथा प्रशोधन समूहको परिसूचक ६.५२ अंकले बढ्नुबाहेक अन्य सबै समूहको परिसूचक घटेको छ ।
सबैभन्दा बढी बीमा समूहको परिसूचक १३६.९१ अंकले घट्यो । यस्तै विकास बैंक समूहको परिसूचक २४.६९ र जलविद्युत समूहको परिसूचक २४.२९ अंकले घट्यो ।
यस्तै बैंकिङ समूहको परिसूचक १७.७६, होटेल ५.६, विकास बैंक २४.६९, फाइनान्स (वित्त) ४.३६, अन्य २०.५३ र माइक्रोफाइनान्स समूहको परिसूचक ३२.७२ अंकले ।
बुधवार सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको १० करोड ९९ लाख बराबरको सेयर किनबेच भयो ।