
काठमाडौं १२ पुस - राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा स्व वीरेन्द्रको जन्म जयन्तिको अवसरमा पुस १४ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठि र पृथ्वी जयन्तीको अबसरमा चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधवार बसेको राप्रपा पदाधिकारीको बैठकले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल पुलिस क्लबमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
यस्तै राप्रपाले पार्टीको केन्द्रीय कार्य समितिको बैठक पुस १९ देखि २१ सम्म काठमाण्डौमा गर्ने तथा केन्द्रीय परिषदको बैठक फाल्गुणको दोश्रो हप्ता विरगंजमा गर्ने निर्णय गरेको छ ।