
काठमाडौं, १३ पुस–राजधानीयको एक होटलमा एक जना भारतीय नागरिकको हत्या भएको छ ।
द आमादब्लम होटलमा एक जना भारतीय नागरिकको हत्या भएको प्रहरीले जनाएको छ । भारतको सिलगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको गएराति हत्या भएको हो । हत्या होटलकै कर्मचारीबाट भएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी रामदत्त जोशीका अनुसार, गुरुङ र होटल कर्मचारीबीचको विवाद उत्कर्षमा पुगेपछि विवादले हत्याको रुप लिएको हो ।
हत्यामा संलग्न भएको आरोपमा डोंगी शेर्पासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।