०२ साउन २०८३, शनिबार

पुरातत्वको मापदण्डअनुसार रानीपोखरीको पुनर्निर्माण गर्न महानगरलाई सरकारको निर्देशन

पुरातत्वको मापदण्डअनुसार रानीपोखरीको पुनर्निर्माण गर्न महानगरलाई सरकारको निर्देशन

काठमाडौं १३ पुस– सरकारले पुरातत्व विभागले तोकेको मापदण्डअनुसार रानी पोखरीको पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ । 

नेपाल सरकार मन्त्रिमपरिषद्को बिहीवार बसेको बैठककले पुनर्निमाणको काम पुरातत्व विभागले तोकेको मापदण्डअनुसार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

रानीपोखरी पुनर्निमाणको बिषयलाई लिएर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर प्रभा खड्कीबीच विबाद चुलिएको छ ।

पुरातत्वको मापदण्ड अनुसार गर्नुपर्ने भन्दै उपमेयरले रानीपोखरीको गेटमा लगाएको ताल्चा मेयरले फुटाएपछि विबाद सतहमा आएको हो ।

‘काठमाडौं स्थित रानीपोखरीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई आत्मसात गर्दै पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार मात्र निर्माण कार्य अघि बढाउन मन्त्रिपरिषद बैठकले सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ’ बैठकपछि उपप्रधानमन्त्री कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

सरकारले दुवै मृगौलाले काम नगर्ने बिरामीलाई मासिक ५ हजार रुपैया दिने निर्णय समेत गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्