०३ असार २०८३, बुधबार

रानीपोखरीलाई मल्लकालीन शैलीमा निर्माण गरिने, महानगरपालिकाले गर्यो यस्तो निर्णय

रानीपोखरीलाई मल्लकालीन शैलीमा निर्माण गरिने, महानगरपालिकाले गर्यो यस्तो निर्णय

काठमाडौं, १३ पुस– पुरातात्विक महत्वको रानीपोखरी निर्माणसम्बन्धी विवाद बढ्दै गएपछि काठमाडौं महानगरपालिकाकाले परम्परागत (मल्लकालीन शैली)मै रानीपोखरीको पुनर्निर्माण गर्ने निर्णय गरेको छ । 

बिहीवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले रानीपोखरीलाई मल्लकालीन शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेको हो । बैठकमा काठमाडौं महानगरपालिकाकाली उपमेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशकको समेत उपस्थिति थियो । 

बैठकले रानीपोखरी पुनर्निर्माणका सम्बन्धनमा अध्ययन गर्न ११ सदस्यीय समिति समेत गठन गरेको छ । पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा गठित समतिमा भवनविभागमा र्पूव महानर्दिशक सुर्यभक्त साँगाछे, पुनर्निर्माण प्राधिकरणको सम्पदा महाशाखाका प्रमुख राजु मानन्धर लगायत छन् । 

समितिले मल्लकालीन शैली र रानीपोखरीको पुनर्निर्माणसम्बन्धमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । 

समितिले अध्ययन प्रतिवेदन नबुझाउन्जेलसम्म रानीपोखरको पुनर्निर्माणका सम्बन्धमा भइरहेका सबै काम तत्काल स्थगित गरिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्