११ साउन २०८३, सोमबार

संशोधन पास हुने अवस्था आए संसद छोडेर आन्दोलन गर्छौंः ओली

कात्तिक २०, २०७४
संशोधन पास हुने अवस्था आए संसद छोडेर आन्दोलन गर्छौंः ओली
काठमाडौं, ९ माघ–एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन कुनै पनि हालतमा पास नहुने दावी गरेका छन् । उनले संशोधन पारि हुने अवस्था आए संसद छाडेर सडक आन्दोलनमा उत्रिने बताए ।

एमाले केन्द्रीय मोर्चा संगठनको बैठकलाई सम्बोधन गर्दै ओलीले भोटले देश नवचेका देखेको भन्दै संशोधन पारित भए देशलाई नोक्सान हुने बताए । देशलाई नोक्सान हुने भएपछि भोटसोट छोडेर आन्दोलनमा उत्रिने उनले बताए ।

अध्यक्ष ओलीले सरकारले संविधान संशोधनका लागि एक व्यक्ति भएको पार्टीलाई मन्त्री पद दिएको अारोप लगाए । 

ओलीले तराईमा कसैले तर्साउँदैमा एमाले आफ्नो शक्ति प्रदर्शन गर्न पछि नहट्ने बताए । मधेस जनपरिचालन अभियान चलाएर मधेसका राजमार्गहरुमा शक्ति देखाउने उनले बताए ।

कार्यक्रममा एमाले नेता माधव नेपालले निर्वाचनमा होमिएर ठूलो पार्टी बनाउन कार्यकर्तासमक्ष अनुरोध गरे । एमाले ठूलो पार्टी भएमात्र देश बच्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्