
काठमाडौं, १४ पुस– राजनीतिक दललाई प्रदेशसभा समानुपातिकतर्फ आफूले पाएका सांसदको सूची तयार पार्न सकस देखिएको छ ।
आजको राजधानी दैनिक लेख्छ–सांसदका आकांक्षी बढी र जितेको सिट थोरै भएपछि राजनीतिक दलहरुलाई निर्णय गर्न सकस भएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपा नेपाललाई सिटसंख्या भन्दा बढी आकांक्षी भएपछि निर्णय गर्न नसकेका हुन् । बन्दसूचीमा परेका उम्मेदवारले आफू जसरी पनि प्रदेश सांसद हुनुपर्ने भन्दै दबाब दिन थालेपछि राजनीतिक दलको बैठक बिना निर्णय टुंगिएको छ ।