१७ असार २०८३, बुधबार

आलुको भाउ सस्तियो, किलोको कति ?

आलुको भाउ सस्तियो, किलोको कति ?

काठमाडौं, १४ पुस– भारतबाट आयातमा वृद्धि हुँदा आलुको भाउ घटेको छ । आयात बढेसँगै काठमाडौंमा आलुको भाउ सस्तिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

भारतीय आलु किलोको १४ देखि १५ रुपैयाँ थोक मूल्य छ भने स्थानीय आलु किलोको २५ रुपैयाँमा थोक मूल्यमा कारोबार भैरहेको छ । समितिका अनुसार शुक्रबार मात्रै कालिमाटीमा आलु ४ सय टन भित्रिएको छ । 

यस्तै सिजन सुरु भएसँगै बजारमा तरुलको कारोबार पनि बढेको छ । तरुल दैनिक अहिले ७०–८० टन भित्रने गरेको छ । तरुल किलोको ३० रुपैयाँ  थोक मूल्यमा कारोबार भैरहेको छ । 


सुकेको प्याज किलोको ८० देखि ८५ रुपैयाँ,  स्थानीय काउली २० रुपैयाँ, भारतीय काउली १० देखि १२ रुपैयाँ, बन्दा २२ देखि २५, मुला २५, धनियाँ ५०, ब्रो काउली ५०, मटरकोसा ५५ देखि ६०, हरियो लसुन ८०, हरियो प्याज ७०, पीरो खुर्सानी ६० देखि ६५, भिन्डी ९० रुपैयाँ, करेला ६० रुपैयाँ र गालेभेडा २० देखि २२ रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्