२३ असार २०८३, मंगलबार

दलहरुले प्रदेशसभाको समानुपातिक सांसदको सूची आज बुझाउदै

दलहरुले प्रदेशसभाको समानुपातिक सांसदको सूची आज बुझाउदै

काठमाडौं, १४ पुस– निर्वाचन आयोगले दिएको समयसीमाअनुसार राजनीतिक दलहरुले शुक्रबार समानुपातिकतर्फका सांसदहरुको सूची बुझाउदै छन् । आयोगले कार्यालय समयभित्र दलहरुलाई प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्न भनेको छ । 

दलहरु प्रदेशसभातर्फको समानुपातिक सांसदको टुंगो लगाउन तयारीमा जुटेका छन् । निर्वाचन आयोगका अनुसार बिहीबार नेमकिपा, विवेकशील साझा र दुई नम्बर प्रदेशमा एक सिटमात्र पाएको नेपाल संघीय समाजवादी पार्टीले समानुपातिकको सूची बुझाएका छन् ।

नेकपा एमालेले प्रदेशसभामा समानुपातिकतर्फ पाएको ७५ सांसदको नामावली बिहीबार नै टुंगो लगाइसकेको छ । कांग्रेस र माओवादी केन्द्र नाम टुंगो लगाउन आन्तरिक गृहकार्यमा छन् । कांग्रेसले ७२ र माओवादीले ३५ सिट पाएका छन् ।

यसैगरी संघीय समाजवादी फोरम नेपालले १३, राजपाले १२, राप्रपाले ३, साझा विवेकशीलले ३ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् । नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातान्त्रिकले भने प्रदेशसभामा १/१ समानुपातिक सिट पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्