३१ जेठ २०८३, आइतबार

भोजपुरमा आगलागी- तीन जना घाइते, ६ लाख बराबरको क्षति

भोजपुरमा आगलागी- तीन जना घाइते, ६ लाख बराबरको क्षति

भोजपुर, १४ पुस– भोजपुरको पौवादुम्बा गाउँपालिका–३ च्यांग्रेमा आगलागी हुँदा तीन जना घाइते भएका छन् । स्थानीय पर्शुराम श्रेष्ठको घरमा आगलागी हुँदा श्रेष्ठसहित उनकी २९ वर्षीया श्रीमती देवीमाया र ९ महिनाकी छोरी नवीना घाइते भएको प्रहरीले जनाएको छ । देवी मायाको दुवै खुट्टा र नवीनाको चिउँडोमा चोट लागेको छ ।

फुसको छानो भएको दुई तले घरमा विद्युत् प्रवाह भई आगलागी भएको बताइएको छ । आगलागीमा घरभित्र रहेका नगद रु ६० हजार, दुई तोला चाँदी, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जल्दा करिब रु छ लाख बराबरको क्षति भएको प्रहरी चौकी तिवारी भञ्ज्याङले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्