३० असार २०८३, मंगलबार

चुनाव आउन २१ दिन बाँकी, मनाङका १४ मतदान केन्द्र हिउँले सेताम्मे

माघ २९, २०८२
मनाङ
चुनाव आउन २१ दिन बाँकी, मनाङका १४ मतदान केन्द्र हिउँले सेताम्मे

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको छ । 

देशैभर निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको छ । विकट एवं हिमाली जिल्ला मनाङमा पनि चुनावको तयारी चलिरहेको छ । तर, माथिल्लो क्षेत्रमा भने मतदान केन्द्र र आसपासका क्षेत्र हिउँले सेताम्मे बनेको छ ।

हिउँले ढाकिएका मतदान केन्द्र अनुगमन, तयारीमा समेत कठिन देखिएको छ । कूल मतदाता सात हजार रहेको छ भने यहाँ एक अस्थायी गरी २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये माथिल्लो क्षेत्रका मतदान केन्द्र हिउँले भरिएका छन् । 

चार वटा स्थानीय तह रहेको यस जिल्लाका हिमपात हुने समय भएकाले जोखिमयुक्त देखिएका छन् । तीन वटा पालिका सडक सञ्जालको पहुँचमा रहेका छन् । तर, नार्पाभूमि गाउँपालिकामा हालसम्म पनि सडक सञ्जालको पहुँच पुगेको छैन । जसले यहाँका निर्वाचन कर्मचारी, मतपेटिकालगायतका निर्वाचनमा आवश्यक सामग्री ढुवानीमा पनि समस्या हुने देखिएको छ ।

नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । नार्पाभूमिका ५ र मनाङ ङिस्याङका ९ वटा मतदान केन्द्र हिउँले छोपिएको अवस्थामा रहेका छन् । 

यहाँ प्रतिनिधिसभा सदस्य पदका लागि तीन दलको प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र मङ्गोल नेसनल अर्गनाइजेनबीच प्रतिस्पर्धा हुने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्