२९ असार २०८३, सोमबार

कांग्रेसको बैठक छाडेर प्रधानमन्त्री देउवा शितल निवासमा

कांग्रेसको बैठक छाडेर प्रधानमन्त्री देउवा शितल निवासमा

काठमाडौं, १४ पुस– प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । 

नेपाली कांग्रेसका सभापति दउवा कार्यसम्पादन समितिको बैठक रोकेर शितलनिवास पुगेका हुन् । 

एमालेले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश स्वीकृत गर्न ग्रिन सिग्नल दिएसँगै राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएकी हुन् । 

सरकारले पेश गरेको अध्यादेशमा एकल संक्रमणीय प्रणाली रहेकोमा एमालेले बहुमतीय प्रणालीको माग गर्दै आएको छ । 

एमाले र माओवादीको ग्रिन सिंग्नलपछि अव विवादमा परेको अध्यादेश पास हुने संकेत देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्