११ साउन २०८३, सोमबार

‘नेपाल आइडल’ शुरु हुँदै, विजेताले २० लाख नगदसहित कार उपहार पाउने

कात्तिक २०, २०७४
‘नेपाल आइडल’ शुरु हुँदै, विजेताले २० लाख नगदसहित कार उपहार पाउने
काठमाडौं, ९ माघ – नेपालमै पहिलो एचडी टिभीका रुपमा आउन लागेको टिभी च्यानल एपी वन ले नेपाल आइडल गर्ने भएको छ ।

नेपालका प्रमुख ७ शहर नेपालगञ्ज, वीरगञ्ज, बुटवल, नारायणगढ, पोखरा, विराटनगर र काठमाडौंमा हुने कार्यक्रमबाट अडिसन लिइने कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने तयारी गरिरहेको छ ।

प्रतियोगिताका लागि चाहिने अन्तर्राष्ट्रिय मापदण्डको स्टेज नभएकाले कार्यक्रम तयार गर्नका लागि स्टेज तयार गर्न लागेको जनाएको छ । ‘यो कार्यक्रम नेपालमा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कम्पनी हो ।’ – रामेश्वर थापाले बताए ।

देशभरबाट पहिलो चरणबाट ८० देखि १०० जना प्रतियोगी छनोट हुनेछन् । त्यसपछि थियटर राउण्डमा प्रतियोगी छानिनेछन् ।

स्टेजलाई भव्य बनाउन प्रयास गरिएको छ । भारतबाट समेत लाइट सेटिङका लागि टेक्निसियन आउने जनाइएको छ ।

नेपाल आइडलमा १६ देखि ३० वर्षसम्मका युवायुवतीले भाग लिन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा व्यावसायिक गायक तथा नयाँ गायकले समेत भाग लिने सक्नेछन् ।

एक ठाउँमा अडिसन दिँदा आफैलाई चित्त नबुझे अर्को स्थानबाट समेत प्रतियोगीले भाग गर्न मिल्ने आयोजकले बताएका छन् ।

३२ भागसम्म प्रसारण हुने नेपाल आइडलको विजेताले महिन्द्रा २० लाख नगद सहित महिन्द्राको केयुभी वान ओ ओ र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बम् गर्ने अवसर दिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्