०३ असार २०८३, बुधबार

दिउँसै लुटियो लाख रुपैयाँ

कात्तिक २०, २०७४
दिउँसै लुटियो लाख रुपैयाँ


सुरुङ्गा (झापा), ९ माघ - एभरेष्ट बैंकबाट रकम झिकेर बाहिरिँदै गर्दा दिनदहाडै झापाको विर्तामोडमा एक महिला लुटिएकी छिन् ।lutpat

इलाम दानाबारी–३ निवासी सञ्चमाया लावती आज दिउँसो लुटिएकी हुन् । उनका साथबाट रु एक लाख लुटेर लगेको पीडित लावतीले बताइन् ।

एभरेष्ट बैंकबाट रु ८२ हजार निकालेको र साथमा बोकेको बाँकी रकमसहित रु एक लाख लुटेर लगेको बताइएको छ । कुममा काउछो दलेर एक व्यक्तिले उनलाई एभरेष्ट बैंक अगाडिबाट लुटेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्