
प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन थालेपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले 'बुलेट'बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै `ब्यालेट´बाट आउँदै गरेको रास्वपालाई स्वागत गर्ने बताएका हुन् ।
‘२०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन‚’ उनले लेखेका छन्, ‘चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।’
