१९ असार २०८३, शुक्रबार

बर्सिलोनाको जितमा एमएसएनको गोल, रियलसँग दूरी घटायो

कात्तिक २०, २०७४
बर्सिलोनाको जितमा एमएसएनको गोल, रियलसँग दूरी घटायो
काठमाडौं,१० माघ – स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी घटाएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई ४–० ले पराजित गर्दे बार्सिलोनाले उपाधि दाबेदार रियल मड्रिडसँगको दूरी २ अंकमा झारेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज, नेइमार डेनिस स्वारेजले गोल गरे ।

३१ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई १–० को अग्रता दिएका थिए । बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल र्गयो । दोस्रो हाफमा एमएसएनले गोल गरे । ५० औं मिनेटमा मेस्सी तथा ६८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा र्पुयाए ।

इन्जुरी समयमा नेइमारले गोल गरेपछि बार्सिलोनाले ४–० को जित निकाल्यो । जितपछि तेस्रो स्थानको बार्सिलोनाको १९ खेलबाट ४१ अंक छ । शीर्ष स्थानको रियल मड्रिडको ४३ अंक रहेको छ । उसले एक खेल कम खेलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्