
काठमाडौं, १८ पुस — बलिउड सुपरस्टार शाहरुख खानको नयाँ फिल्म जिरोको पोस्टर सोमवार सार्वजनिक गरिएको छ । फिल्ममा शाहरुखले होचा मानिसको भूमिका निर्वाह गरेका छन् ।
फिल्मको टीजर पनि सार्वजनिक गरिसकिएको छ । टीजरमा शाहरुख एक पुरानो गीतमा नाच्दै गरेको देखिन्छ ।
टीजरपछि पोस्टर सार्वजनिक भएको हो । फिल्म चाहिँ २१ डिसेम्बर २०१८ मा रिलिज हुनेछ ।
फिल्मका बारेमा निर्देशक आनन्द एल रायले भने, ‘मलाई यस फिल्मका लागि ठूलो स्टार चाहिएको थियो । तपाईंले खान साहबलाई दुई फीट काट्नुभयो भनेपनि उहाँको कद निकै ठूलो छ ।’
टीजर र पोस्टर रिलिज भएपछि शाहरुखका फ्यानहरूले ट्रेलरको प्रतीक्षा गरिरहेका छन् ।
एजेन्सी