०४ साउन २०८३, सोमबार

के भयो ओलीलाई ? निवासमा आराम  गर्दै

के भयो ओलीलाई ? निवासमा आराम  गर्दै

काठमाडौँ, १८ पुस - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराममा बस्ने भएका छन्   । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाई दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी महसुस भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगई भक्तपुर बालकोटस्थित आफ्नै निवासमा आराममा बसेका हुन्  । 

उनका  स्वकीय सचिव अनिश दाहालका अनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा अन्य प्रतिकूल अवस्था नरहेकाले निवासबाटै सामान्य राजनीतिक भेटघाट र सम्पर्कको काम गरिरहेका छन्  । 

salt training

कमेन्ट गर्नुहोस्