१३ असार २०८३, शनिबार

वडा सचिवको नाउँमा दुई करोड बेरुजु, तीन दिनको घरबिदा लिएर हिँडेका भए बेखबर

पुस १८, २०७४
वडा सचिवको नाउँमा दुई करोड बेरुजु, तीन दिनको घरबिदा लिएर हिँडेका भए बेखबर

गोरखा, १८ पुस - गोरखाको साविक हंशपुर र मुच्चोक गाविसका सचिव दीपकबहादुर दर्जीको नाउँमा दुई करोड रुपैँयाभन्दा बढी रकम बेरुजु देखिएको छ । 

गाविसको नाउँमा रहेको बैंक खाताबाट रकम झिकेको भए पनि दर्जीले सामाजिक सुरक्षा भत्तालगायत रकम गाउँमा वितरण नगरेको देखिएको हो । आव २०७२/७३ र २०७३/७४ मा वडासचिव दर्जीले भुक्तानी गरेको रकमका बिल तथा भरपाइहरु महालेखा परीक्षकको कार्यालय काठमाडौँले लेखा परीक्षणका क्रममाः फेला नपारेपछि सचिव दर्जीको नाउँमा बेरुजु देखिएको हो । 

हंशपुरका वडाध्यक्षसँग तीन दिनको घरबिदा लिएका सचिव दर्जी पाँच महिना हुँदासमेत कार्यालय फर्केका छैनन् । दर्जी गत साउन ३ गते कार्यालयबाट घरबिदामा गएका थिए । 

स्याङ्जाको साविक रापाकोट गाविस–२ खेवाङ घर भएका दर्जीको दरबन्दी इलाका हुलाक कार्यालय सौरपानी गोरखामा थियो । २०७० पुस १९ गते खरिदार पदमा नियुक्त भएका उनलाई हुलाक सेवामा कार्यरत रहँदै गर्दा मुच्चोक र हंशपुर गाविस हेर्नेगरी सचिवको जिम्मेवारी दिइएको थियो । 

स्थानीय विकास अधिकारी नारायण आचार्यले वडासचिव दर्जीको नाउँमा बेरुजु देखा परेकाले खोजी गरिएको बताए । उनले  भने , “पत्राचार गरेर सम्पर्कमा आउनु भनेका थियौँ, तर उनी सम्पर्कमा आएनन्, अब प्रहरी लगाएर भए पनि खोजी गर्छौँ ।” 

salt training

कमेन्ट गर्नुहोस्