१४ असार २०८३, आइतबार

ग्यास उद्योगमा भएको  आगलागीको  प्रतिवेदन यस्तो

पुस १९, २०७४
ग्यास उद्योगमा भएको  आगलागीको  प्रतिवेदन यस्तो

काठमाडौँ, १९ पुस- वीरगन्जको सुपर ग्यास उद्योगमा मानवीय कमजोरीका कारण आगलागी भएको स्थलगत अध्ययनले देखाएको छ । 
उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको सरकारी छानबिन टोलीले निष्कर्ष निकालेको हो ।
सुपर ग्यास उद्योगमा हालै भएको दुर्घटनापछि त्यसको सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिले गरेको अध्ययनले व्यवस्थापकीय कमजोरीले दुर्घटना भएको फेला पारेको छ । 
उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा गठित छानबिन समितिले स्थलगत अध्ययनले यस्तो निचोड सार्वजनिक गरेको हो । 
समितिका संयोजक कुमार प्रसाद दाहालले अध्ययनका क्रममा व्यवस्थापकीय कजोरीका कारण ग्यास उद्योगमा दुर्घना हुन पुगेको फेला परेको बताए । “मानवीय कमजोरीका कारण मुलुकै इतिहासमा ठुलो दुर्घटना भयो,” संयोजक दाहालले भने“ ३५ देखि एक मिनेटको समयमा सुरक्षाको मापदण्ड अपनाउन सके दुर्घटना हुनबाट रोक्न सकिन्थ्यो ।” 
अपरेटरको उपस्थितिबिना नै प्राविधिक ज्ञान नभएका बुलेटका ड्राइभरले ग्यास अनलोड गर्दा दुर्घटना भएको छानबिन समितिका संयोजक दाहालले बताए, कारोबार दैनिकमा खबर छ  । 
 

salt training

कमेन्ट गर्नुहोस्