
दक्षिण कोरियाको राजधानी सोलभन्दा करिब दुई घण्टाको दूरीमा रहेको एक सानो शहर हिउँले ढाकेको छ । तापक्रम माइनस १० डिग्री सम्म झरेको छ । र सडकमा मानिस कमै देखिएका छन् ।
हामी नुमा वन बेडरुम अपार्टमेन्टमा आएसँगै हाम्रो यात्रा टुंगियो ।
घन्टी को जवाफमा ४८ वर्षकी एक महिलाले दिइन् । डराउँदै उनले हाम्रो परिचयपत्र हेरिन् ।
भित्र बैठकको स्थानमा एक गद्दा ओच्याइएको थियो र हाम्रो कोठामा किचेन र बाथरुपमा ढोका पनि थियो ।
१५ वर्ष पहिला मि रोयोंग –परिवर्तित नाम) उत्तर कोरियाको एक प्लास्टिक कम्पनीको प्रमुख थिइन् । बहिनीको परिवार भागेर दक्षिण कोरिया आयो र टेलिभिजनमा अन्तरवार्ता दियो ।
उत्तरमा रहेका उनका परिवारमा संकट आयो । र उनीहरुको जिन्दगी जेलमा र चीनको चर्चामा लुकेर वित्यो । मि रोयोंग कुराकानी गर्दा निकै डराइन् ।
उनले भनिन्,‘जेलमा मार खाए, मलाई जेलमा मृत्यु भएकाहरुको शव गाड्ने काम लगाइयो र दुई वर्षपछि बाहिर आएसँगै मेरो तलाक गराइयो । मेरी छोरी त्यही छुटिन्, मचाही भागेर चीन गए ।’
चीनमा कयौं साल लुकेपछि पनि मि उत्तर कोरियामा गरिबीमा रहेकी आफ्नो छोरिलाई निकाल्न असमर्थ भइन् ।
दक्षिणको एक शहरमा आएर बसेकी चुकी इनकी बहिनीले उनलाई कुनै पनि हालतमा चीनबाट बोलाउन सफल भइन् ।
१९५३ मा सकिएको कोरियाई युद्धपछि करिब ३० हजार मानिस उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएका छन् ।
उनीहरु देशको जारी किम परिवारको शासनको पीडा भरिएको यादलाई भुलाउन चाहन्छन् र नयाँ जिन्दगी शुरु गर्न पनि ।
गैरकानुनी रुपमा चीनभएर आउनेहरुको संख्या निकै धेरै छ र दक्षिण कोरिया आएका माथि लामो सोधपुछ समेत हुने गरेको छ ।
अफसोस र लाचारीका साथै उत्तर कोरियाबाट भागेर आएका मानिससँग रिससमेत रहेको छ ।