२१ जेठ २०८३, बिहीबार

फागुनदेखि काठमाडौंमा देखिनेछैन थोँत्रा गाडीको कालो धुवाँ

कात्तिक २०, २०७४
फागुनदेखि काठमाडौंमा देखिनेछैन थोँत्रा गाडीको कालो धुवाँ
काठमाडौं, १० माघ — फागुन १८ गते देखि काठमाडौंमा थोँत्रा गाडीको प्रदुषण नहुने भएको छ । यातायात व्यवस्था विभागले २० वर्ष भन्दा पुराना गाडीलाई काठमाडौंमा गुड्न रोक लगाउने निर्णय गरेसँगै अब काठमाडौंमा धुवाँ कम हुने छ ।

यातायात व्यवस्था विभागले २० वर्ष भन्दा पूराना कालो नम्बर प्लेटका बस, मिनिबस, माइक्रो बस, ट्रक, ट्याक्सी र टेम्पोलाई फागुन १८ गते देखि काठमाडौंमा चल्न रोक लगाएको छ ।

फागुन ३० गते देखि चाहिँ देशभरमानै त्यस्ता गाडीमा रोक लगाइने छ । भदौ १९ गते बसेको मनित्रपरिषद् बैठकको निर्णय अनुसार काठमाडौंमा त्यस्ता गाडीलाई रोक लगाउन लागिएको हो ।

वातावरण प्रदुषण र दुर्घटनाको मुख्य कारक थोंत्रा गाडी भएकोले यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले यातायात व्यवसायीलाई यस अघिदेखिनै थोंत्रा गाडी विस्थापन गर्न अनुरोध गरेको थियो ।

अब चाहिँ सडकमा थोंत्रा गाडी देखिएमा त्यहीबाटै जफत गर्ने योजना यातायात व्यवस्था विभागले बताएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताका छन् ।

प्रदुषण, जाम र समग्रमा जोखिम नियन्त्रणका लाग थोत्रा गाडीलाई रोक लगाउने निर्णय गरिएको हो ।
विभागले पहिलो चरणमा २० वर्ष नाघेका कालो नम्बर प्लेटका गाडीलाई मात्रै हटाउने योजना बनाएको छ ।

विस्तारै रातो नम्बर प्लेटका सवारीलाई पनि सडकबाट हटाउने निर्णय गरिएको छ ।

यातायात व्यवस्था विभागले ८ हजार भन्दा बढी थोंत्रा गाडी बागमती अञ्चलमा चलिरहेको अनुमान गरेको छ । विभागले यी गाडी हटाएपछि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा केही सहजता आउने पनि अपेक्षा गरेको छ

salt training

कमेन्ट गर्नुहोस्