३० असार २०८३, मंगलबार

दुई मुख तीन आँखा भएको बिरालोको तस्वीर भाइरल

दुई मुख तीन आँखा भएको बिरालोको तस्वीर भाइरल

काठमाडौं, १९ पुस — आजकल एउटा बिरालो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ । यो साधारण बिरालो हैन । यसको दुई मुख, तीन आँखा र दुई नाक छन् । 

बिरालोको नाम बेट्टी बी राखिएको छ । गत डिसेम्बर महिनाको १२ तारिखमा जन्मेको हो यो बिरालो । सामान्यतया यसरी जन्मेको जीव धेरै दिन बाँच्दैन तर यो बिरालो सहीसलामत छ । 

दक्षिण अफ्रिकामा जन्मेको यो बिरालोलाई खाना खुवाउन गाह्रो छ । यसलाई ट्युबमार्फत हरेक दुई घन्टामा खाना खुवाउनुपर्छ । 

बिरालोलाई बचाउने मानिसले उसको सानो कुरालाई पनि ध्यानमा राखे । उनका अनुसार बिरालोले दूध राम्ररी पिउन पाएको छैन । दूध पिउनेबित्तिकै उसले बान्ता गरिहाल्छ । तर उसलाई बचाउन आफूले प्रयास गरिरहने ती व्यक्ति
बताउँछन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बिरालोलाई खुबै मन पराइरहेका छन् । उनीहरू यसलाई भगवानको अवतार मानिरहेका छन् । यसको तस्वीर खुबै शेयर गरिरहेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्