०१ साउन २०८३, शुक्रबार

अख्तियारले गरेको निर्णय, कति भयो कार्यान्वयन ?

अख्तियारले गरेको निर्णय, कति भयो कार्यान्वयन ?

काठमाडौँ, १९ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनालको अध्यक्षतामा आयोगका महाशाखा प्रमुख एवं विभिन्न मन्त्रालयका सम्पर्क व्यक्तिको उपस्थितिमा सम्बद्ध निकायसँग सम्बन्धित आयोगको निर्णय कार्यान्वयनको अवस्थाबारे आज एक छलफल कार्यक्रम आयोजना गरियो । 

त्यस अवसरमा सचिव खनालले भ्रष्टाचार नियन्त्रणको संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आयोगबाट भइसकेका निर्णयको कार्यान्वयनका लागि विभिन्न मन्त्रालय र निकायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै निर्णय कार्यान्वयनमा प्रभावकारिता ल्याउन आवश्यक भएको तथ्यप्रति सम्पर्क व्यक्तिको ध्यानाकर्षण गराए । 

उनले विभिन्न निकायबाट आयोगको निर्णय कार्यान्वयन गर्ने सिलसिलामा समस्या आउनसक्ने भए पनि समस्याको समाधान गरी निर्णय कार्यान्वयन गर्न क्रियाशील रहन सम्पर्क व्यक्तिहरूलाई आग्रह गरे । उनले आयोगमा परेका उजुरीहरूको अनुसन्धानबाट सार्वजनिक सेवा प्रवाहमा सुधारको आवश्यकता रहेको समेत देखिएको हुँदा सुधारको प्रारम्भ सम्बन्धित निकायबाटै हुनुपर्ने खाँचो औँल्याए । 

आयोगको निर्णय कार्यान्वयन नगरी जिम्मेवारी पन्छाउने पदाधिकारीमाथि कानूनबमोजिम कारबाही हुने चेतावनी दिँदै उनले कार्यशैलीमा सुधार गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए । 

कार्यक्रममा विभिन्न मन्त्रालयका सम्पर्क व्यक्तिबाट आयोगको निर्णय कार्यान्वयनमा आइपरेका समस्याबारे अवगत गराउनुका साथै समस्या समाधानका लागि आयोगबाट हुनसक्ने सम्भाव्य सहयोग र समन्वयका विषयमा विचार राख्ने काम भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्