०२ असार २०८३, मंगलबार

भारतको पहलमा केन्याबाट ७ नेपाली चेलीको उद्धार

भारतको पहलमा केन्याबाट ७ नेपाली चेलीको उद्धार
सांकेतिक तस्बिर

काठमाडौं, २० पुस– मानव बेचबिखनमा संलग्न दलालको जालोमा पुगेर अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपाली चेलीको उद्दार भएको छ । 

भारतीय उच्च आयोगको पहलमा ७ नेपालीसँगै ३ भारतीय युवतीको उद्दार भएको हो । 

नैरोवीमा रहेको भारतीय हाइ कमिसन (उच्च आयोग)ले भारत हुँदै कन्या लैजान लगिएका ३ भारतीय युवतीको उद्दार गरेको हो । सो क्रममा सँगै केन्या लैजान लगिएका ७ नेपाली युवतीको पनि उद्दार गरिएको भारतीय विदेशमन्त्री सुषमा स्वराजले जनाएकी छन् । 

भारतीय उच्च आयोग र केन्या प्रहरीको संयुक्त अपरेसनबाट नेपाली र भारतीय गरी १० युवतीको उद्दार गरिएको हो । भारतको पञ्जावलाई आधार बनाएर अफ्रिकी देशमा भारतीय र नेपाली युवतीको तस्करी हुने गरेको तथ्य समेत सार्वजनिक भएको छ । 

भारतीय विदेशमन्त्री स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै भारतीय र नेपाली युवतीको उद्दार गरिएको बताएकी छन् ।

मन्त्री स्वराजका अनुसार ती युवतीलाई केन्याको मोम्बासामा बन्धक बनाएर राखिएको थियो । मोम्बासा केन्याको प्रमुख बन्दरगाह भएको शहर हो । 

‘हामीले तीन भारतीय युवतीलाई केन्यामा उद्दार गरेका छौं । संस्थागत रुपमा भइरहेको अपराधको सिन्डिकेटमार्फत यिनीहरु बेचिँदै थिए । सात नेपाली युवतीकोसमेत उद्दार भएको छ,’ स्वराजले ट्वीटरमा लेखेकी छन्, ‘उनीहरुको पासपोर्ट र फोन नियन्त्रणमा लिइएको छ । उनीहरुलाई मोम्बासामा बन्धक बनाएर राखिएको थियो ।’

साथै स्वराजले उद्दारमा संलग्न भारतीय उच्च आयोगका आयुक्त सुचित्रा दुरै र प्रथम सचिव किरण यादवको उच्च प्रसंशा गरेकी छन् । स्वराजले केन्या प्रहरीबाट सहयोगका लागि धन्यवाद ज्ञापन गरेकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्