१३ असार २०८३, शनिबार

ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

लहान, २० पुस - सिरहा अर्नामा गाउँपालिका–३ मा आज ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का रामकुमार शर्माकी डेढ वर्षीया छोरी सपनाकुमारी रहेकी छिन् । 

अर्नामा गाउँपालिका–३ स्थित मामाघर आएकी उनलाई खेलिरहेको अवस्थामा स १ त ५४७० नं को ट्र्याक्टरले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने ट्र्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्