२१ असार २०८३, आइतबार
चर्चित बास्केटबल खेलाडीसँग वार्तालाप

देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेर आउँदा पनि सरकारले वास्ता गरेन– विजय बुर्जा

‘खेलकुदबाटै जीवन धान्ने अवस्था छैन, खेलाडी पलायन यसैको परिणाम हो’
बैशाख ९, २०८३
काठमाडौं

विश्वकै सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो, बास्केटबल । विश्वभर सर्वाधिक चर्चा बटुल्ने र कमाइ गर्ने खेलाडीमध्ये पनि पर्छन्, बास्केटबल खेलाडी । नेपालमा पनि बास्केटबल खेल निकै लोकप्रिय छ ।

खासगरी, निजी क्षेत्रका स्कुल र कलेजहरूले यो खेलको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । नेपालमा बास्केटबल संघ स्थापना भएको पनि ३६ वर्ष पुगिसकेको छ ।

यो अवधिमा नेपाली बास्केटबलले अन्तर्राष्ट्रिय उपाधि पनि चुमेको छ ।

नेपालले २०८१ सालमा चीनमा सम्पन्न युनान प्रान्त बोर्डर ह्याप्पिनेस भिलेज स्पोर्टस कार्निभलमा स्वर्ण पदक जितेको थियो । नेपाली बास्केटबलले जितेको यो एक मात्र अन्तर्राष्ट्रिय पदक हो ।

लामो समयदेखि देशभित्र बास्केटबलका ठूला प्रतियोगिता अवरुद्ध हुँदै आएको अवस्थामा हालै नेपाल बास्केटबल संघले हिमालयन जाभा नेशनल बास्केटबल लिग पनि आयोजना गरेको छ ।

एक महिना चलेको यो वृहत् प्रतियोगिताले देशभित्र फेरि बास्केटबल खेल जुर्मुराउन थालेको संकेत दिएको छ । तर, खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएको भने लामै समय बितिसकेको छ ।

अर्कोतिर, लामो समयदेखि महिला बास्केटबलको राष्ट्रिय प्रतियोगितासमेत आयोजना हुन सकिरहेको छैन । केही समयदेखि देशभित्रै फ्रेन्चाइज बास्केटबल लिग आयोजनाको चर्चा पनि चल्दै आएको छ ।

यी र यस्तै अन्य समसामयिक विषयमा केन्द्रित रहेर लोकान्तरले नेपाली बास्केटबलका चर्चित र अनुभवी खेलाडी विजय बुर्जासँग कुराकानी गरेको छ ।  

कुराकानीका क्रममा हामीले बुर्जासँग नेपाली बास्केटबलले हासिल गरेको उपलब्धि र सामना गर्नु परेका चुनौतीजस्ता विषयमा प्रश्न गरेका थियौं ।

हामीले बुर्जासँग हिमालयन जाभा नेशनल लिगले घरेलु बास्केटबलमा पुर्‍याएको योगदान, पहिलो अन्तर्राष्ट्रिय पदक जित्दाको क्षण, सरकार र संघसँग खेलाडीको अपेक्षा, अन्तर्राष्ट्रिय सहभागिताको अवस्था, बास्केटबल खेलको भविष्य, उनको आगामी योजनाजस्ता विषयमा पनि प्रश्न गरेका थियौं ।

बुर्जाको भनाइ हाइलाइट्स:

० हामी कुन अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्दैछौं भन्ने नै थाहा छैन ।

० एकपटको खेलाडी सधैंको खेलाडी, बास्केटबलबाट ढाटा रहन सक्दिनँ ।

० खेलकुदमै लागेर जीवन धान्ने अवस्था बनिसकेको छैन, खेलाडी पलायन यसैको परिणाम हो ।

० देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेर आउँदा पनि सरकारले वास्ता गरेन ।

प्रस्तुत छ, बुर्जासँग गरिएको कुराकानीका सम्पादित अंश :

salt training

कमेन्ट गर्नुहोस्