०७ असार २०८३, आइतबार

६२ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्ड विपरीत

पुस २१, २०७४
६२ प्रतिशत सवारीसाधन प्रदूषण मापदण्ड विपरीत

काठमाडौं, २१ पुस– प्रदूषण मापदण्ड पूरा नगरेका सवारीसाधन आवश्यक मर्मतसम्भारबिनै निर्वाध सञ्चालनमा रहेको पाइएको छ । यातायात व्यवस्था विभागले प्रदूषण परीक्षण उत्तीर्ण र अुनत्तीर्णलाई औपचारिकतामा मात्र सीमित गरी अनुगमनमा कडाइ नगर्दा सञ्चालनमा रहेकामध्ये ६२ प्रतिशत सवारीसाधनले अत्याधिक वायु प्रदूषण गरिरहेको पाइएको हो । 

विभागले ६÷६ महिनामा गर्ने सवारी प्रदूषणमापन र सवारी जाँचपासमा औपचारिकता मात्र पूरा गर्ने गरेको प्रधानमन्त्री कार्यालयको निष्कर्ष छ । यससम्बन्धी नीति निर्माण गर्नुपर्ने कार्यालयले सवारी प्रदूषणको बेवास्ता गरेकाले प्रधानमन्त्री कार्यालयले नै अघि सर्नु परेको स्रोतले बतायो । प्रधानमन्त्री कार्यालयका सहसचिव नारायण रेग्मीका अनुसार १७ दिन छड्के जाँच गरिएका १ सय ३१ सवारीमध्ये ८२ वटाले प्रदूषण गरिहेको वा प्रदूषण मापदण्ड पूरा नगरेको फेला परेको छ, अन्नपूर्ण पोस्टमा खबर छ । 

सन्दर्भ तस्वीर

salt training

कमेन्ट गर्नुहोस्