
रुपन्देही, २१ पुस– भन्सार कार्यालय भैरहवाको बेलहिया नाका हुँदै चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो पाँच महिनामा निर्यात बढेको पाइएको छ । भन्सार कार्यालयका अनुसार गत वर्षको सोही अवधिकमा चालू वर्षको तुलनामा चालू वर्षको पाँच महिनामा निर्यात हुने बस्तु बढेको हो ।
यो नाका हुँदै निर्यात हुने चोकर, भुस, पिना, फापर, कोदो, र अन्य खाद्यान्न, जडिबुटी, रद्दी कागज, काँच र डण्डी ट्युवहरु, सेन्थेटिक यार्न, बोरा, झोला तथा अन्य पर्दाथको कपडा रेसाको कपडा अदुवा, सुठो प्रमुख बस्तु हुन् । फापर, कोदो र अन्य खाद्यान्न निर्यातमा केही कमी भए पनि अरु सबै बस्तुको निर्यात बढेको भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी गोपाल खत्रीले बताए ।
गत वर्षको ५ महिनामा १ लाख १६ हजार ९ सय १४ केजी बराबरको अदुवा सुठो भारततर्फ निर्यात भएकोमा चालू वर्षको ५ महिनामा ५ सय प्रतिशतले वृद्धि भएको छ । गत वर्षको तुलनामा निर्यातमा सबैभन्दा बढी वृद्धि भएको अदुवा र सुठो नै हो, कारोबारमा खबर छ।