२४ असार २०८३, बुधबार

दुर्गा तिवारीपछि रुपन्देहीमा अर्का व्यवसायीको गोली हानी हत्या, मनोज पुनले लिए जिम्मेवारी

दुर्गा तिवारीपछि रुपन्देहीमा अर्का व्यवसायीको गोली हानी हत्या, मनोज पुनले लिए जिम्मेवारी

रुपन्देही, २१ पुस– रुपन्देहीको देवदह नगरपालिका  खैरहनीमा अज्ञात समुहको गोली लागेर एक जनाको मृत्यु भएको छ । 

स्थानीय ३८ वर्षीया वलु पौडेलको गोली लागेर मृत्यु भएको  रुपन्देहीका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए । 

मीलमा काम गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको रुपन्देही प्रहरीले जनाएको छ । उनी काठ व्यवसाय गर्दै अाएका छन् । 

टाउँकोमा गोली लागेको पौडेलको उपचारको लागि अञ्चल अस्पताल बुटवल लगिएपनि उनको मृत्यु भइसकेको थियो ।  पौडेल नेकपा एमाले रुपन्देही–१ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् ।

उनीमाथि आफूहरूले गोली चलाएको मनोज पुनको समुहले जिम्मेवारी लिएको छ । स्थानीय एक पत्रकारलार्इ फोन गर्दै पुनको समुहले हत्याको जिम्मेवारी लिएपनि प्रहरीले भने पुष्टि गरेको छैन । पुनको समूहले पाँच लाख चन्दा मागेको र नदिएका कारण गोली प्रहार गरेको पुन समुहले फोनमा बताएको थियो ।

मनोज पुनले आफ्ना साथीभाइलार्इ अनावश्यक रूपमा दुख दिएका कारण उनीमाथी गोली चलाएको बताएको छ । युवा संघका नेता दुर्गा तिवारीमाथि गोली चलाउनु पू्र्व नै आ फुहरूको निशानामा बलु रहेको फोनमा मनोज पुनको समुहले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्