२४ असार २०८३, बुधबार

रुपन्देहीमा दुई जना एमाले कार्यकर्तामाथि गोली हानेको जिम्मेवारी लिने मनोज पुन को हुन् ?

रुपन्देहीमा दुई जना एमाले कार्यकर्तामाथि गोली हानेको जिम्मेवारी लिने मनोज पुन को हुन् ?

रुपन्देही, २१ पुस– रुपन्देहीको देवदह नगरपालिका  खैरहनीमा अज्ञात समुहको गोली लागेर एक जनाको मृत्यु भएको छ । 

स्थानीय ३८ वर्षीया वलु पौडेलको गोली लागेर मृत्यु भएको  रुपन्देहीका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए । 

मीलमा काम गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको रुपन्देही प्रहरीले जनाएको छ । पौडेल काठ व्यवसायी हुन् । 

टाउँकोमा गोली लागेका पौडेललाई उपचारको लागि अञ्चल अस्पताल बुटवल लगिएपनि उनको मृत्यु भइसकेको थियो । उनी एमालेका कार्यकर्तासमेत हुन् । उनी नेकपा एमाले रुपन्देही–१ का अध्यक्ष निलकण्ठ पौडेलका छोरासमेत हुन् ।

उनीमाथि आफूहरूले गोली चलाएको मनोज पुनको समुहले जिम्मेवारी लिएको छ । स्थानीय एक पत्रकारलार्इ फोन गर्दै पुनको समुहले हत्याको जिम्मेवारी लिएपनि प्रहरीले भने पुष्टि गरेको छैन । पुन समूहले यसअघि एमाले कार्यकर्ता दुर्गा तिवारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

मनोज पुनले आफ्ना साथीभाइलार्इ अनावश्यक रूपमा दुख दिएका कारण उनीमाथी गोली चलाएको बताएको छ । युवा संघका नेता दुर्गा तिवारीमाथि गोली चलाउनु पू्र्व नै आ फुहरूको निशानामा बलु रहेको फोनमा मनोज पुनको समुहले बताएको छ ।

को हुन् मनोज पुन ?

एमाले कार्यकर्ता दुर्गा तिवारी हत्या पछि फरार रहेका मनोज पुन पुन रुपन्देही देवदह नगरपालिका २ का बासिन्दा हुन् । 

नेकपा एमालेको युथ फोर्समा रुपन्देही क्षेत्र नम्बर एकका कोषाध्यक्षसमेत भइसकेका पुन रुपन्देहीको देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न भएका थिए । केही समय अघि उनी एमालेको युवा संघबाट कारवाहीमा परेसँगै माओवादीका एक स्थानीय नेतासँग मिलेर ठेक्का पट्टाको काममा संलग्न थिए । 

युथफोर्सबाट निकाल्नमा युथ फोर्सका जिल्ला अध्यक्षसमेत रहेका दुर्गा तिवारीको हात रहेको भन्दै पुनको तिवारीसँगको समबन्ध विग्रिएको थियो । विभिन्न कारोबार गर्दै अाएक तिवारी र पुनबीचको समबन्ध विग्रिएसँगै पुनले उनलार्इ निशानामा पारेका थिए । उनले गत वर्षको पुसमा तिवारीमाथि अाक्रमण गरेकाथिए । जसमा तिवारीको मृत्यु भएको थियो ।

खासगरी पुनको समूहले व्यवसायीहरुसँग चन्दा माग गर्ने, नदिए अपहरण र गोली हानेर आतंक मच्चाउने गर्दै आएको प्रहरी भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्