०४ साउन २०८३, सोमबार

रास्वपाले बोलायो सचिवालय बैठक, के-के छन् एजेन्डा ?

बैशाख २७, २०८३
काठमाडौं
रास्वपाले बोलायो सचिवालय बैठक, के-के छन् एजेन्डा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । 

बैठक पार्टी केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा आइतबार साँझ ६ बजे बस्नेगरि बोलाइएको छ । 

बैठकमा विभिन्न ६ एजेन्डामा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीको भेला, अधिवेशन विशेष तालिकाबारे बैठकमा छलफल हुने बताइएको छ ।

प्रवक्ता झाका अनुसार पार्टीका आयोग, विभागमा पदाधिकारी मनोनयनबारे छलफल हुनेछ । जिल्ला समिति विघटनबारे पनि सचिवालयबाट निर्णय गर्ने रास्वपाको तयारी छ । 

यस्तै, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक आह्वान र अन्य विषय पनि बैठकका एजेन्डा रहेका प्रवक्ता झाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्