१३ असार २०८३, शनिबार

म्यासेन्जर, भाइबर र ह्वाट्स एपका कारण दूरसञ्चार कम्पनीलाई ६ अर्ब घाटा

पुस २३, २०७४
म्यासेन्जर, भाइबर र ह्वाट्स एपका कारण दूरसञ्चार कम्पनीलाई ६ अर्ब घाटा

काठमाडौं, २३ पुस– डेटाको प्रयोग गरेर सेवा उपलब्ध गराइ रहेका म्यासेन्जर, भाइबर, ह्वाट्स एप जस्ता ‘ओभर दी टप (ओटीटी)’ एप्सका कारण नेपालका दूरसञ्चार सेवा प्रदायकले अर्बौं घाटा व्यहोर्नु परेको छ । निःशुल्क प्रयोग गर्न सकिने यस्ता ओटीटी सेवा प्रदायकले खास गरी दूरसञ्चार कम्पनीले विदेशबाट हुने कलवापत प्राप्त गर्ने आम्दानीमा नोक्सानी पुर्याएका हुन् । 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दूरसञ्चार कम्पनीले हालै उपलब्ध गराएको गत आर्थिक वर्षको वित्तीय विवरणमा अन्तर्राष्ट्रिय कलवापतको आम्दानी करिब ६ अर्ब बढी रुपैयाँले घटेको  छ । डेटा प्रयोगकर्ताको संख्या बढ्दै गएपछि ओटीटीको प्रयोग पनि बढ्दा अन्तर्राष्ट्रिय कल घटेको कम्पनीका प्रवक्ता प्रतिभा बैद्यले बताइन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्