०३ असार २०८३, बुधबार

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च

पुस २३, २०७४
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च

काठमाडौँ, २३ पुस- मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ।

१७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको आयोजनाले जनाएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ हर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ।  आजको कारोबार दैनिकमा  खबर छ ।

हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै छ। सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पु¥याइएको आयोजना सुरु भएदेखि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए |

salt training

कमेन्ट गर्नुहोस्