२४ असार २०८३, बुधबार

मधेसवादी दलको निकटता कता ?

पुस २३, २०७४
मधेसवादी दलको निकटता कता ?

काठमाडौँ, २३ पुस  - नयाँ सरकार वाम गठबन्धनको नेतृत्वमा कि लोकतान्त्रिक गठबन्धनमा बन्ने बहस चलिरहेको बेला मधेसवादी दलको झुकाव लोकतान्त्रिक गठबन्धनतिर देखिएको छ । 
काँग्रेसका तर्फबाट लोकतान्त्रिक गठबन्धन नेतृत्वको सरकार बनाउने पहल भइरहेको बेला मधेसवादी दलका नेताहरूको अभिव्यक्ति पनि त्यस्तै आउन थालेको छ । काँग्रेस वाम गठबन्धन फुटाएर भए पनि सरकार बनाउने गृहकार्यमा लागेको देखिन्छ । त्यसका लागि सो दलका नेताले विभिन्न दलका नेतासँग आन्तरिक छलफल गरिरहेका छन्  । 

मधेसवादी दल र काँग्रेस नजिक हुनुका कारण चुनावको समयमा भएको सहकार्य नै हो । यी दलहरूका बीचमा चुनावी तालमेल नभए पनि ठाउँठाउँमा घोषित रूपमा एकअर्कालाई सहयोग गरेको थियो तर वाम गठबन्धनसँग कुनै ठाउँमा त्यसरी तालमेल नभएका कारण मधेसवादी दल लोकतान्त्रिक गठबन्धनको नजिक रहेको विश्लेषण भइरहेको छ, गोरखापत्रमा खबर छ  । 
 

salt training

कमेन्ट गर्नुहोस्