
काठमाडौं, २३ पुस– अमेरिका र उत्तर कोरियाबीच परमाणुको स्वीच आफ्नो टेवलमा रहेको धम्की जारी रहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्पड ट्रम्पको अभिव्यक्तिले सवै अचम्मित भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले आफू उत्तर कोरियाका शासक किम जोन उनसँग टेलिफोनमा कुराकानी गर्न तयार रहेको बताएका हुन् । जसलाई विश्वशान्तिको एक शुभ संकेतका रुपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पले शनिवार उत्तर कोरियाका नेता किमसँग फोन गर्न आफू तयार रहेको बताएका हुन् ।
उनले उत्तर र दक्षिणकाबीच हुने कुराकानी र छलफल सकारात्मक हुने विश्वास व्यक्त गरेका छन् ।
शुक्रवार उत्तर कोरियाले दक्षिण कोरियासँग आगामी हप्ता आधिकारिक रुपमा कुराकानी गर्न स्विकार गरेको छ ।
उत्तर र दक्षिणकाबीच दुई वर्षभन्दा लामो समयपछि छलफल हुन लागेको हो । यस घोषणाको केही घण्टा पहिला अमेरिका र दक्षिण कोरियाबीच हुने एक सैन्य अभ्यास टरेको समाचार आएको छ ।
नयाँ वर्षको शुभकामना सम्बोधनमा उत्तर कोरियाली नेता किमले आफ्नो टेबलमा परमाणु बमको स्वीच रहेको भन्दै अमेरिकाको जुन सुकै भागमा हान्न सक्ने चेतावनी दिएका थिए भने अमेरिकाले कुनै पनि हालतमा युद्ध शुरु गर्न नसक्ने चेतावनी समेत दिएका थिए । त्यसको दुई दिनपछि अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको भन्दा शक्तिशाली र ठूलो परमाणु स्वीच आफ्नो टेलवलमा भएको भन्दै प्रतिउत्तर दिएका थिए । यसपछि दुई देशबीच युद्धको अवस्था आएको धेरैले आकलन गरेका थिए ।