११ साउन २०८३, सोमबार

काठमाडौंमा ‘कवितामा चलचित्र’ कवि गोष्ठी

जेठ ३, २०८३
काठमाडौं
काठमाडौंमा ‘कवितामा चलचित्र’ कवि गोष्ठी

काठमाडौंमा ‘कवितामा चलचित्र’ कवि गोष्ठी सम्पन्न भएको छ ।

नेपाल फिल्म सोसाइटीको आयोजनामा कवितालाई पनि चलचित्रमा उतार्न सकिन्छ भन्ने उद्देश्यले शनिबार कवि गोष्ठी गरिएको हो । 

सोसाइटीका अध्यक्ष कृष्ण मल्लको अध्यक्षता तथा कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा साहित्य क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

गोष्ठीमा वरिष्ठ साहित्यकारहरू राधेश्याम लेकाली, विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, रमण घिमिरे, बसन्त चौधरी, विधान आचार्य, स्नेह सायमी, प्राडा. तारानाथ घिमिरे धुर्कापानी, मदन दास श्रेष्ठ, बिटु केसी, शैलेन्द्र शिंखडा र डा. सञ्जय खतिवडाले कविता वाचन गरेका थिए ।

कार्यक्रमका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको समेत उपस्थिति थियो । 

कार्यक्रमको सहजीकरण साहित्यकार डा. घनश्याम खतिवडाले गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्