०३ असार २०८३, बुधबार

सीके राउत नेपाली फिल्ममा प्रतिवन्धित : सेन्सर बोर्डले रोक्यो मधेशपुत्र–२

सीके राउत नेपाली फिल्ममा प्रतिवन्धित : सेन्सर बोर्डले रोक्यो मधेशपुत्र–२

केन्द्रिय चलचित्र जाँच समितिले नेपाली सिनेमामा सीके राउतको चरित्र चित्रणमा प्रतिबन्ध लगाएको छ ।

मधेशलाई नेपालबाट अलग्याउन पृथकतावादी आन्दोलन चर्काएको आरोप खेपिरहेका राउतको चरित्र चित्रण गरेको भन्दै सिनेमा मधेश पुत्र २ लाई समेत बोर्डले रोकेको छ । 

निर्माता कम्पनी अनुराग फिल्मस प्रालिको नाममा पत्र लेख्दै सेन्सर बोर्डले उक्त निर्णय गरेको हो । राउत नेपाली राजनीतिका विवादास्पद व्यक्ति हुन् । सेन्सर बोर्डको उक्त निर्णयविरुद्ध मधेशका कतिपय जिल्लामा विरोध प्रदर्शन समेत सुरु भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्