१३ असार २०८३, शनिबार

क्युवाली नेतामाथि अमेरिकी अदालतमा मुद्दा दायरपछि रिसायो चीन

जेठ ७, २०८३
काठमाडौं
क्युवाली नेतामाथि अमेरिकी अदालतमा मुद्दा दायरपछि रिसायो चीन

अमेरिकाले क्युवाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध हत्याको अभियोगमा मुद्दा दायर गरेपछि चीनले त्यसको कडा प्रतिवाद गरेको छ।
 बेइजिङले वासिङ्टनलाई आफ्नो सहयोगी राष्ट्र क्युवामाथि 'धम्की' र 'दबाब' दिने कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ।

९४ वर्षीय पूर्व राष्ट्रपति क्यास्ट्रोमाथि सन् १९९६ मा दुईवटा अमेरिकी विमान खसाल्न षड्यन्त्र गरेको अभियोगमा अमेरिकी अदालतले दोषी जिकिर गरेको छ। सो विमान दुर्घटनामा चार जनाको मृत्यु भएको थियो, जसले वासिङ्टन र हवानाबीचको कूटनीतिक सम्बन्धमा दशकौँदेखि तनाव पैदा गर्दै आएको छ। अभियोग प्रमाणित भएमा यसमा जन्मकैद वा मृत्युदण्डसम्मको सजाय हुन सक्ने प्रावधान रहेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले हरेक मोडमा बल प्रयोगको धम्की दिन छाड्नुपर्ने बताए । उनले भने, 'संयुक्त राज्य अमेरिकाले क्युवाविरुद्ध प्रतिबन्ध र न्यायिक संयन्त्रलाई दबाबको हतियारका रूपमा प्रयोग गर्न बन्द गर्नुपर्छ। चीन क्युवाको राष्ट्रिय सार्वभौमसत्ता र गरिमाको रक्षा गर्न दृढतापूर्वक साथमा छ।'
सन् १९९६ को सो घटनामा क्युवाली–अमेरिकी असन्तुष्ट समूह ब्रदर्स टु द रेस्क्युद्वारा सञ्चालित विमानहरू खसालिएका थिए। उक्त समयमा राउल क्यास्ट्रो क्युवाको सशस्त्र बलका प्रमुख थिए । क्युवाका वर्तमान राष्ट्रपति मिगुएल डियाज–कानेलले यस कानुनी कदमलाई 'कुनै आधार नभएको राजनीतिक चालवाजी' को संज्ञा दिएका छन् । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय क्युवामाथि दबाब सिर्जना गर्दै आएका छन् । उनले क्युवाको कम्युनिस्ट शासन ढाल्ने विषयमा पटक–पटक सार्वजनिक अभिव्यक्ति समेत दिँदै आएका छन् ।  । 

salt training

कमेन्ट गर्नुहोस्