
काठमाडौं २३ पुस– सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा डा. शशी शर्मालाई पुर्नवहाली गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकुमार कार्कीको संयुक्त इजलाशले आइतवार डा.शर्मालाई पुर्नवहाली गर्न आदेश दिएको हो ।
शर्मालाई डिन नियुक्त गरेपछि डा गोविन्द केसीले आन्दोलन गरेका थिए । डा केसीको माग अनुसार त्रिबीले आफ्नो निर्णय सच्चाएको थियो । शर्मालाई त्रिवि कार्यकारी परिषद्ले २०७० पुस २८ गते चार बर्षका लागि नियुक्त गरेको थियो । कार्यकाल सकिन ४ दिन बाँकी रहदा सर्वोच्चले शर्मालाई डिनमा नियुक्त गर्न भनेको हो ।
‘पुस २७ गतेसम्म पदाबधी बाँकी रहेको देखिदा सो बाँकी ४ दिनको हकमा निवेदकले वहाल हुन चाहेमा आजैका मितिबाट बहाल हुन जानु भनि परमादेशको आदेश जारी गरिदिएको छ’ पूर्ण पाठ पछि तयार गरिने भन्दै संक्षिप्त आदेशमा भनिएको छ ।