२५ असार २०८३, बिहीबार

ओली–प्रचण्डबीच बालकोटमा वार्ता

ओली–प्रचण्डबीच बालकोटमा वार्ता

काठमाडौं, २३ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता र सरकार गठनका विषयमा छलफल चलिरहेको छ । अध्यक्ष ओली निवास बालकोटमा साँझ ६ बजेदेखि सुरु भएको वार्ता राती ८ बजेसम्म पनि जारी छ । 
आजै चितवनबाट फर्किएका प्रचण्ड ओली भेट्न बालकोट पुगेका थिए । 
ओलीका प्रेस संयोजक चेतन अधिकारीले पार्टी एकता, सरकार गठन र एकता संयोजन समितिको बैठकका एजेण्डाका विषयमा दुई अध्यक्षबीच छलफल चलिरहेको बताए । 
ओली बुधबार उपचारका लागि थाइल्याण्ड जाने भएकाले सो अघि नै   यी विषयमा ठोस सहमति जुटाउने प्रयास हुनेछ । 
एमाले र माओवादी केन्द्रका नेताहरुले  सरकार गठन र पार्टी एकता सँगसँगै हुने बताउँदै आएका छन् । तर, नेतृत्व, कार्यदिशालगायतका विषयमा सहमति जुट्न  नसक्दा ढिलाइ भइरहेको बताइन्छ । 


 

salt training

कमेन्ट गर्नुहोस्