
काठमाडौं, २३ पुस– डोटी–काठमाडौं सम्पर्क मञ्चको नेतृत्वमा आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
प्रदेश नम्बर ७ को राजधानी डोटी हुनुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा डोटीबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, बुद्धिजीवी, चिकित्सकलगायतको सहभागिता रहेको थियो ।
डोटीका प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले सबै हिसावले प्रदेश राजधानी दिपायल ठीक भएकाले सरकारलाई दबाब दिन प्रदर्शन गरिएको बताए । उनले आफूहरुको माग पूरा नभएसम्म संघर्षका कार्यक्रम जारी रहने पनि बताए ।
प्रदेश राजधानीको माग गरेर डोटीमा पनि आन्दोलन हुँदै आएको छ ।
सरकारले धनगढीलाई प्रदेश राजधानी बनाउने तयारी गरेपछि डोटीबासी आन्दोलित भएका हुन् ।