२० असार २०८३, शनिबार

दाङका ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान

पुस २४, २०७४
दाङका ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान

दाङ, २४ पुस- तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।  वडा नं १९ बाट उपमहानगरपालिकाले आइतबार कार्यक्रम शुरु गरेको हो । 

उपमहानगरपालिका वडा नं १९ की सबैभन्दा वृद्ध १०३ वर्षीया बस्यौनी चौधरीलाई नगरप्रमुख घनश्याम पाण्डेले न्यानो कपडा हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । 

उपमहानगरपालिकाले दलित, जनजाति अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य समुदायका ८४ वर्ष पुगेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण कार्यक्रम शुरु गरेको छ । 

वडा नं १९ भित्र रहेका १६ जनामध्ये नौ जनालाई आइतबार नै वितरण गरिएको छ भने अन्यलाई आज वितरण गरिनेछ । सो अवसरमा टोपी, ब्लाङ्केट, ओड्ने एक÷एक थान वितरण गरिएको थियो । 

सो अवसरमा वृद्धवृद्धाको स्वास्थ्य जाँचसमेत गरिएको थियो । 
कार्यक्रममा प्रमुख पाण्डेले ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन आफूहरुले न्यानो कपडा वितरण गरेको बताउनुभयो । 

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा पनि न्यानो कपडा वितरण गरिएको छ । सो वडामा रहेका ८४ वर्ष पुगेका २८ जना वृद्धवृद्धालाई टोपी, ब्लाङ्केट, ओड्ने एक÷एक थान वितरण गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ को वडा कार्यालयले आइतबार वडा कार्यालय रक्षाचौरमा एक कार्यक्रमको आयोजना गरी वडाका ८० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको हो । 

वडाका ८० वर्ष उमेर पुगेका २० जना वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गरिएको हो । 
न्यानो कपडा पाउने ज्येष्ठ नागरिकले जाडोको समयमा आफूहरुलाई केही राहत हुने बताउँदै आगामी दिनमा पनि वडा कार्यालयले उदाहरणीय र राम्रो काम गर्न सुझाव दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्