०८ असार २०८३, सोमबार

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका र मतदाता नामावली सार्वजनिक गर्ने आयोगको तयारी

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका र मतदाता नामावली सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं, २४ पुस– निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गर्दैछ । माघ ७ देखि निर्वाचन हुने माघ २४ गतेसम्म लागु हुने गरी कार्यतालिका सार्वजनिक गर्न लागेको हो । 

सरकारले यसअघि नै राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ । निर्वाचन कार्यक्रमसँगै आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताको समेत नामावली प्रकाशित गर्ने जनाएको छ । 

निर्वाचनमा कुल २ हजार ५६ मतदाता रहनेछन् । उनीहरुमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयर गरी १ हजार ५ सय ६ तथा प्रदेश सभाका सांसद ५ सय ५० रहेका छन् । 

राष्ट्रिय सभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको एक भोट बराबर समान १८ मतभार कायम गरिएको छ । प्रदेश सभासद्को मतभार भने एक भोट बराबर ४८ कायम गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्