
काठमाडौं, २४ पुस–प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध अनशन थालेका डा गोविन्द केसी विरुद्ध अदलतको मानहानी गरेको भन्दै मुद्दा दर्ता भएको छ ।
सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले डा. केसी विरुद्ध मुद्दा दर्ता गरेको हुन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन शशी शर्मालार्इ पुनर्वाहली गर्न सर्वोच्च अदालतले अादेश दिएसँगै डा केसीले प्रधानन्याधीश विरूद्ध अनशन बसेका थिए । उनले प्रधानन्यायाधीश भ्रष्ट भएको अारोप लगाएका थिए ।