०३ असार २०८३, बुधबार

भारतसँगको सन्धिसम्झौता पुनरवलोकन गर्न आवश्यक छः प्रचण्ड

भारतसँगको सन्धिसम्झौता पुनरवलोकन गर्न आवश्यक छः प्रचण्ड

काठमाडौँ, २४ पुस - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच विगतमा भएका सन्धिसम्झौतालाई नयाँ आधारमा पुनरवलोकन गर्न आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नेपाली प्रतिनिधिमण्डलसँग पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज भएको भेटमा अध्यक्ष दाहालले सम्झौता पुनरवलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूह सदस्यहरुलाई आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “विगतमा नेपाल–भारतबीच भएका धेरै सन्धिसम्झौता असमान छन्, त्यसलाई पुनरवलोकन गर्नुपर्छ ।” नेता दाहालले विगतमा सबै राजनीतिक दल मिल्दा राष्ट्रिय एकता र स्वाभिमान बलियो बन्ने गरेको स्मरण गर्दै नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने बताउनुभयो । भेटमा समूहका तर्फबाट डा भेषबहादुर थापा, नीलाम्बर आचार्यलगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्