
रौतहट, २५ पुस– लामो समयदेखि रौतहटबाट तेस्रो मुलुकसम्म चल्दै आएको गाई र गोरुको तस्करी नियन्त्रण हुन सकेको छैन । रौतहटसँगै छिमेकी जिल्लाका विभिन्न स्थानबाट पूर्व–पश्चिम राजमार्ग हुँदै भारत र तेस्रो मुलुकका लागि गाई, गोरु तस्करी हुने गरेको हो ।
भारतीय सीमासाग जोडिएका मध्यतराईका रौतहट, बारा, पर्सा, र सर्लाहीबाट गाई र गोरु तस्करी हुने गरेको जानकारहरु बताउछन् । सुरक्षा निकायको मिलेमतोमा तस्कर गिरोहले यस्तो काम गरिरहेको स्रोतको दावी छ, नयाँ पत्रिकामा खबर छ ।